नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्य ।

हेटौँडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दोस्रो कार्यकालका लागि बालकृष्ण बजगाई निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडा–६ चौघडास्थित पिसपार्कमा सम्पन्न सातौं अधिवेशनबाट सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सुदीप तिमल्सिना, महासचिवमा रोशन सापकोटा, सचिवमा सुवास दाहाल, कोषाध्यक्षमा उद्धव सापकोटा, सहकोषाध्यक्षमा राहुल जलान चयन हुनुभएको छ । यस्तै सदस्यमा प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ चयन हुनुभएको छ । वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोह मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो ।