राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित सत्ता गठबन्धनका उम्मेदवारहरु ।

हेटौँडाः राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहिबार सम्पन्न निर्वाचनबाट विष्णुकुमारी पुडासैनी, घनश्याम रिजाल विश्वकर्मा, जितजंग बस्नेत र श्रीकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ ।

पुडासैनी र बस्नेत नेपाली काँग्रेसबाट उम्मेदवार हुनुहुन्थ्यो भने विश्वकर्मा नेकपा एकीकृत समाजवादी र श्रीकृष्ण अधिकारी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार हुनुहुन्थ्यो । हेटौँडा–४ स्थित भूटनदेवी माविमा मतदान भएको थियो ।