हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयका २७ जना विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तर्गत् हिमराइट्स मकवानपुरले बिहीबार विद्यालयका २७ जना विद्यार्थीलाई २५ सय बराबरको खाद्यान्न सामग्री वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभएको छ ।
हिमराइट्स मकवानपुरले खाद्यान्न सामग्रीमा एक बोरा चामल, तेल, लुगा धुने साबुन, भाँडा माझ्ने साबुन, दाल गरी २७ जना विद्यार्थीहरुलाई वितरण गरेको हो । हिमराइट्स मकवानपुरले २०७४ सालदेखि निरन्तर वर्षको दुईपटक २७ जना बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा मनहरी–३ का वडा अध्यक्ष हीराबहादुर प्रजाको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र चेपाङ र विद्यालयका प्रधानाध्यापक सुनारको प्रमुख आतिथ्य थियो । खाद्यान्न वितरण कार्यक्रममा हिमराइट्स नेपालका कार्यक्रम संयोजक कुमारी वाइबाको उपस्थिति थियो । विद्यालयमा हाल ३ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।