सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१७, गोब्रेनीबाट प्रहरीले गाईको मासुसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६० वर्षीय रामगोपाल तामाङ र ३० वर्षीय मसिने तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । पक्राउ पर्ने रामगोपाल र मसिने बाबुछोरा हुन् ।

मंगलबार गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई हेर्दा तामाङको घरमा २० किलो मासु फेला पारेको थियो । प्रहरीेले मासु काट्ने औजारसहित दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मासु मुचुल्का गरी खाल्टोमा पुरिएको प्रहरीले जनाएको छ ।