हेटौँडाः हेटौँडा–४, पारिजातपथस्थित युसेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष उत्तम शर्मा ढकालको सभाध्यक्ष तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

सहकारीमा अहिले आठ सय ६२ शेयर सदस्य रहेकोमा ८८ लाख ३१ हजार रुपैयाँ शेयर पुँजी छ । यस्तै बचत ४ करोड ६७ लाख ४२ हजार रुपैयाँ रहेको छ भने १५ लाख २५ हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।