हेटौंडाः लायन्स क्लब अफ काठमाडौं, तारकेश्वरको आयोजनामा भएको वृहत् स्वास्थ्य शिविरमा ६ सय २१ जनाले जाँच गराएका छन् । शनिबार हेटौंडा–१२ स्थित सनराइज बोर्डिङ स्कूल पदमपोखरीमा भएको शिविरमा वडाबासीहरु ६ सय २१ जनाले सेवा लिएको विद्यालयका संस्थापक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा उच्च रक्तचाप, मधुमेह परीक्षणका साथै महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी परीक्षण भएको थियो । स्वास्थ्य शिविरमा हेटौंडा–१२, १३ र १४ का बासिन्दाहरुले जाँच गराएका थिए । शिविरमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर अञ्जु श्रेष्ठ र सशांक शर्मासहितको टोलीले सेवाग्राहीलाई सेवा दिएको थियो । वडाका बासिन्दाले आफ्नो स्वास्थ्यको बारेमा जानकारी तथा निःशुल्क उपचार पाउन् भन्ने उद्देश्यले शिविर आयोजना गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ काठमाडौं, तारकेश्वरकी अध्यक्ष पार्वती खरेल पाण्डेको विशिष्ट आतिथ्य रहेको थियो ।