नगर प्रमुख मीना कुमारी लामा । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा नियमित काममा फर्कनु भएको छ । अफ्रिकी मुलुक रुवान्डामा विश्व पानी संगठनको आयोजनामा भएको कार्यक्रममा सहभागी भएर नगरप्रमुख लामा शनिबार स्वदेश फर्कनु भएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

आइतबार बिहानदेखि नगरप्रमुख लामा नियमित काममा फर्कनु भएको छ । सरसफाई र पानीको संरक्षण र सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी भएर फर्किएको नगरप्रमुख लामाले जानकारी दिनुभएको छ । मंसिर २४ गतेदेखि ४ दिने कार्यशालामा सहभागी हुन नगरप्रमुख लामालाई खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील संस्था इन्फोले सहजीकरण गरेको थियो ।

४ दिने कार्यशालामा सहभागी हुँदा दिसाजन्य फोहरसहित फोहर व्यवस्थापन र पानीको सदुपयोग र संरक्षणको क्षेत्रमा काम गर्नुपर्ने विषयमा उल्लेखनीय जानकारी प्राप्त भएको नगरप्रमुख लामाले बताउनुभएको छ ।