हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले १० बोरा अवैध चिनी बरामद गरेको छ । गय राती १२ बजेको समयमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५४० नम्बरको बसलाई सुरक्षाजाँच गर्दा बसबाट १० बोरामा रहेको करिब २५० किलो २५ हजार बराबरको अबैध चिनी बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
अवैध चिनी नियन्त्रणमा लिई बसलाई गन्तव्य तर्फ पठाएको प्रहरीले जानकारी दिएको छ ।











