सांकेतिक तस्वीर ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेको समयमा ईन्द्रसरोवर गाउँपालिका–५, कुवामा काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको बा २ ख ७२७२ नम्बरको बसले ठक्कर दिँदा ७० वर्षीया कान्छीमाया घलान घाइते भएकी थिइन् ।

घाइते भएकी घलानलाई उपचारका लागि ललितपुरस्थित बीएण्डबी हस्पिटल लगिएको थियो । उपचारको क्रममा शनिबार राती ८ बजेर १३ मिनेटको समयमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट आएकी घलान सोही बसबाट झर्ने क्रममा बस अगाडि बढ्दा लडेको प्रहरीले जानकारी दिएको छ । बस चालक इन्द्रसरोवर–५ का २६ वर्षीय राजकुमार दोङ प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।