गुगल तस्विर ।

हेटौँडाः काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका–११, डालाबेसीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–११ की ६१ वर्षीया बिन्दा गिरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेको समयमा काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा प्र ०२–०२४ प ४०९२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टँदा सोही दिशामा जाँदै गरेको बा ४ ख ७५१८ नम्बरको बसले गिरीलाई ठक्कर दिइएको थियो । ठक्करबाट मोटरसाइकल चालक ६१ वर्षीय ज्ञानराज गिरी र बिन्दा घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा बिन्दाको उपचारको क्रममा ११ बजेर १९ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।