गुगल तस्विर ।

हेटौडाः मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–५, डिल्लिपुरकी ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सोमबार सौतेनी छोरा २६ वर्षीय इन्द्र बहादुरको कुटपिटबाट सन्तमाया गम्भीर घाइते भएका थिए । घाइते सन्तमायाको उपचारको क्रममा मंगलबार चितवन भरतपुर अस्पतालमा मृत्यु भएको हो । आमालाई कुटपिट गर्ने छोरा ईन्द्र बहादुर चेपाङलाई प्रहरीले नियन्त्रणम लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।