हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडास्तरीय दोस्रो व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बिहान सम्पन्न प्रतियोगिताको उपाधी विशाल ठकुरी र सरोज अर्यालको जोडीले जितेका छन् ।
हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविको कभर्ड हलमा भएको फाइनल खेलमा नरेन्द्र मोक्तान र विजय सिंह ठकुरीको जोडीलाई २–१ सेटले हराउँदै ठकुरी र अर्यालले उपाधी जितेको हो । उपाधीसँगै ठकुरी र अर्यालले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बनेका मोक्तान र ठकुरीले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै सान्त्वना भएका सन्तोष बुढाथोकी र सन्तोष राईको जोडी र सागर न्यौपाने र दिव्य दुलालको जोडीले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
हेटौंडा–५ का वडासदस्य ज्ञान बहादुर थापाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।