गुगल तस्विर ।

हेटौँडाः रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा पदयात्रा गर्ने क्रममा भीरबाट लडेका फ्रान्सेली नागरिकको मृत्यु भएको छ । बिहिबार बिहान ८ बजेर २५ मिनेटको समयमा गोसाइकुण्ड गाउँपालिका–४, लाङटाङमा फ्रान्सेली नागरिक ६८ वर्षीय प्याट्रिक जिन भीरबाट लडेर अन्दाजी ४० मिटर तल खसेका थिए ।

प्रहरीले जिनको उद्दार गरी स्वास्थ्य चौकी लाङटाङमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित हेम्स अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा बिहिबार दिउँसो १ बजेर ४५ मिनेटमा हेम्स अस्पताल पुर्याइएका फ्रान्सेली नागरिकको बिहिबार दिउँसो २ बजेर १० मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।