रगतको साङ्केतिक तस्बिर

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले असोज महिनामा ३ सय ४९ युनिट रगत सङ्कलन गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाका अनुसार असोज महिनामा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा विभिन्न संघ, संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

असोज १ गते बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए । असोज २ गते नेपाली काङ्गेस हेटौँडा उपमहानगरपालिका नम्बर वडा ९ समितिले आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । यस्तै असोज ३ गते मानवधर्म सेवा समितिले आयोजना गरेको कार्यक्रममा ५५ जना, असोज १२ गते नेपल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरले आयोजना गरेको कार्यक्रममा २७ जना, असोज १३ गते निर्माण सामग्री व्यवसायी संघ मकवानपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना र असोज १४ गते लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा ८ जनाले रक्तदान गरेको सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, असोज २६ गते मकवानपुर क्योकुसिन कराँते संघ हेटौंडाले आयोजना गरेको कार्यक्रममा २३ जना, असोज २७ गते व्लड लिङ्क हेटौंडाले आयोजना गरेको कार्यक्रममा ४२ जना र असोज २८ गते बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । ७२ जनाले भने रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरेका थिए । असोज महिनामा रक्तसञ्चार केन्द्रले ३ सय २० जनालाई रगत वितरण गरेको छ । रक्तसञ्चार केन्द्रले असोज महिनामा ३५ वटा सेतो रगत तयार पारेर वितरण गरेको थियो ।