दौड प्रतियोगितामा सहभागी विद्यार्थी ।

हेटौंडाः हेटौंडा–८, कमानेस्थित माउन्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । गत मंगलबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विभिन्न खेलहरु आयोजना गरेर सम्पन्न गरेको स्कुलका प्रधानाध्यापक रामशरण रिजालले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, बास्केटबल र एथ्लेटिक्सका खेलहरु सञ्चालन गरिएको प्रिन्सिपल रिजालले बताउनुभयो । प्रतियोतिामा सबैभन्दा बढी विधाका खेलहरुमा ग्रीन हाउस विजयी भएको छ । प्रतियोगिता अन्तर्गत जुनियर फुटबलतर्फ एल्लो हाउस र सिनियरतर्फ ग्रीन हाउस प्रथम भएको छ ।

जुनियर क्रिकेटतर्फ एल्लो हाउस र सिनियरतर्फ ग्रीन हाउस प्रथम भएको छ । यस्तै पुरुष बास्केटबलमा ग्रीन हाउस विजयी भएको छ । पुरुषतर्फ भलिबलमा पनि ग्रीन हाउस र महिलातर्फ एल्लो हाउस विजयी भएको छ । कक्षा १० सम्म अध्ययन–अध्यापन हुने स्कुलमा ८ सय २३ जना विद्यार्थी अध्ययनरत छन् ।