गुगल तस्विर ।

हेटौँडाः गत मंगलबार मकवानपुरको बकैया गाउँपालिकामा मिनिट्रक दुर्घटनामा गम्भीर घाइते भएका सहचालक दिनेश लामाको मृत्यु भएको छ । घाइते लामाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा बिहिबार साँझ ७ बजेर ५६ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत मंगलबार दिनको २ बजेर ४५ मिनेटको समयमा मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली सडकखण्डको बकैया गाउँपालिका–५, तीनतलेमा हेटौँडा बजारबाट फापरबारीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०७९२ नम्बरको मिनीट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा चालक हेटौँडा–३, लेवटका ३२ वर्षीय हर्क बहादुर ब्लोनलाई केही नभएको र प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनामा परी मिनी ट्रकमा सवार बकैया गाउँपालिका–७, हर्दाका २६ वर्षीय युवराज सापकोटा पनि घाइते छन् ।