गाँजा फँडानी गर्दै प्रहरी ।

हेटौंडाः मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा गरी १ सय ६० बिगाहा क्षेत्रफलमा खेति भएको लागुऔषध गाँजा फँडानी गरेर प्रहरी फर्र्किएको छ । प्रहरीले आइतबारदेखि बुधबारसम्म ४ दिनमा १ सय ६० बिगाहा १ कठ्ठा क्षेत्रफलमा भएको लागुऔषध गाँजा फँडानी गरेको जनाएको छ ।

प्रहरी टोली फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–४, मादल सेन, रतुवा, वडा नम्बर–९, को कोल्टे, धुरकोट, कात्तिके, अठारे र राक्सीराङ–३, सरिखेत, फलासेमा भएको गाँजा खेती नष्ट गरेको छ भने कैलाश–३ को कालिकाटार, आपचौर, भोगटार, वडा नम्बर–४ मा तोकुवा, धुस्राङ, देउतिसमा भएको अबैध गाँजा फँडानी भएको जनाएको छ ।

प्रहरीले आइतबार पहिलो दिन ३ बिगाह ८ कठ्ठा, दोस्रो दिन ६१ बिगाह ३ कठ्ठा, चौथो दिन ५७ बिगाह १५ कठ्ठा र अन्तिम दिन ३७ बिगाहा १५ कठ्ठा गरि १६० बिगाहा १ कठ्ठा अवैध गाँजा फडानी गरेको छ । प्रहरीले मकवानपुुरका यि क्षेत्रमा वर्षेनि गाँजा फडानी गर्दै आएको छ ।