प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप पुस्तक र स्मारिका हस्तान्तरण गर्नुहुँदै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी ।

हेटौंडाः नेपाल प्रेस युनियन मकवानपुरले विचार यात्रा स्मारिक लोकार्पण गरेको छ । वडा दसैं, तिहार, छठलगायतका पर्वको अवसरमा शुक्रबार बिहान हेटौँडामा शुभकामना आदानप्रदान तथा तथा चियापान कार्यक्रमको आयोजना गर्दै पुस्तक लोकार्पण गरेको हो ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला सभापती बुद्घ लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहालदाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको उपस्थिति रहेको थियो ।