हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्कमा बेवारिसे अवस्थामा रहेको अवैध कपडा बरामद गरेको छ । बुधबार बिहान ६ बजेको समयमा ६७ हजार ५ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा २७ पिस, कुर्था सुरुवाल ११ पिस र मखमलको कुर्था सुरुवाल ८ पिस फेला पारेको थियो । कपडा नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।










