सांकेतिक तस्वीर ।

हेटौँडाः शनिबार बिहान मकवानपुरको थाहा नगरपालिका–११, कुन्छालमा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथअन्तर्गत कुन्छालमा आफैं अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । कन्टेनरका चालक नुवाकोट जिल्लाको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।