हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा झरेन्द्रप्रसाद चापागाईंले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएको छ । गत बुधबारबाट चापागाईंले जिम्मेवारी सम्हाल्नु भएको हो ।
यसअघिका नेत्रप्रसाद शर्मा चन्द्रनिगाहपुरको इलाका प्रशासनको प्रमुखको रुपमा सरुवा भई जानुभएको छ । चापागाईं यसअघि चन्द्रनिगाहपुरको इलाका प्रशासनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । चापागाईंले चाडबाड नजिकिँदै गर्दा कार्यालयले बजार अनुगमनका काममा तिब्रता दिनेसमेत बताउनुभयो ।