बकैया र बागमतीमा सामाग्री सहयोग पछिको सामुहिक तस्वीर

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले सोमबार बागमती गाउँपालिका र बकैया गाउँपालिकाको खेलकुँद विकास समितिलाई खेल सामग्री सहयोग गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले बागमती गाउँपालिका र बकैया गाउँपालिकाको खेलकुद विकास समितिमा एक समारोह बीच १६ हजार रुपैयाँ बराबरको फुटबल कोण, मार्कर र हडर सहयोग गरेको मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ । १४ वर्ष भन्दा मुनिका बालबालिकाहरुको ट्रेनिङको लागि, मागी उत्थान गोल्डकप प्रतियोगिताको लागि, खेलप्रतिको उत्साह बढाउनको लागि, एक अर्का बिच भातृत्व जगाउनको लागि र सामाग्री अभावको कारणले टे«निङमा कुनै प्रकारको बाधा अड्चन नआओस भन्ने मुल उद्देश्ले सामाग्री सहयोग गरेको कोइरालाको भनाई छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, कार्यालय प्रमुख माधव कोइराला, खेलकुद विकास समितिका सदस्य उमेश बुढाथोकी, सविन भोलन, भलिबल प्रशिक्ष इश्वर छतकुली र न्यु–डाफे युथ क्लबका अध्यक्ष आलोक स्याङताङ लागाएको उपस्थिति रहेको हो ।