हेटौंडाः मकवानपुर जिल्लामा थप १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार १३ जनामा डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सबैभन्दा बढी मनहरी गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकामा २ जना, थाहा नगरपालिकामा १ जना, मकवानपुरगढी गाउँपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा १ जना र बकैया गाउँपालिकामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउन महिनादेखि हालसम्म ५ सय ८ जनामा डेङ्गु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी ३ सय ५८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।











