तस्बिरः गुगल ।

हेटौंडाः राप्ती खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४, भैरब रोड बस्ने फिरज अन्सारीका १० वर्षीय छोरा संसद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार अन्सारी घर परिवार सहित हेटौंडा–१, स्थित सब्जि मन्डि नजिक राप्ति खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा उनलाई खोलाले बगाई ५ सय मिटर तल राप्ति पुल नजिक पुर्याएको थियो । अन्सारीलाई परिवारले बेहोस अबस्थामा फेला पारी उपचारको लागि हेटौंडा अस्पताल लगेकोमा मंगलबार दिउँसो निजलाई डाक्टरले मृत घोषणा गरेका हुन् । अन्सारीको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।