फाइल तस्वीर

हेटौंडाः बुृधबार हेटौंडाको दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको वडा नम्बर ९ र वडा नम्बर १ मा रक्तदान कार्यक्रम भएको हो । दुबै कार्यक्रममा ७९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।

हेटौंडा १ स्थित श्री हंस शान्ति आश्रम परिसरमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । नेपाल मानव धर्म समितिले विश्व शान्ति दिवस तथा सतपालजी महाराजको जन्मोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा १३ महिला र ४२ पुरुषले रक्तदान गरेका हुन् ।

यस्तै, नेपाली कांग्रेस हेटौंडा ९ नम्बर वडा पार्टी कार्यालयमा भएको कार्यक्रममा २४ जना पुरुषले रक्तदान गरेका छन् । नेपाल कांग्रेस पार्टी वडा कार्यसमितिले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको सापकोटाले बताउनुभयो । दुबै कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।