हेटौंडाः हेटौंडामा मंगलबार ३८ जनाले रक्तदान गरेका छन् । संविधान दिवसको अवसरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेमा दुई महिला र ३६ जना पुरुष रहेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । उहाँको अनुसार भोलि बुधबार पनि हेटौंडा–९ र १ नम्बर वडामा रक्तदान कार्यक्रम हुनेछ ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीको सभाध्यक्षता तथा मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा प्रदेश सरकारको भौतिक पुर्वधार विकासमन्त्री युवराज दुलाल र रेडक्रम सोसाइटी मकवानपुरका संयोजक लाल बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।