हेटौंडाः हेटौंडा–४ स्थित साहित्य सङगम र सिस्नुपानीको संयुक्त भवनमा बिहीबार मोती जयन्तीको विशेष अवसर पारेर गजल साँझ तथा परिचर्चा कार्यक्रम भएको छ । गजल मञ्च मकवानपुरले आयोजना गरेको कार्यक्रममा कवि मोतिराम भट्टको बारेमा चर्चा परिचर्चा गरेको थियो ।
साहित्य विधा नेपालमा मोतीराम भट्टले भारत लगायत विभिन्न स्थानमा हिँडेर, संघर्ष गरेको प्रमुख अतिथि घिमिरेले बताउनुभयो । मोतीराम भट्टले छोटो समयमा धेरै कृति लेख्न सफल भएको घिमिरेले बताउनुभयो । साहित्य विधामा कलम चलाइरहेका व्यक्तिहरुले कृति लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो । मोतीराम भट्टको हाम्रो माझ पार्थिव शरीर नरहेपनि उहाँको कृतिहरु हाम्रो माझ रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुरुषोत्तम आचार्य, गजलकार सुनिल गौतम, राजनी पौडेल, भावनी तिमिल्सिना लगायतले मोतीराम भट्टको र उनीसँग विशेष रही गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको पनि आतिथ्य रहेको थियो ।