हेटौँडाः आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादनका आधारमा हेटौँडा उपमहानगरपालिकाले ९ जना उत्कृष्ट कर्मचारी छनोट गरेको छ । उपमहानगरले छनोट गरेको उत्कृष्ट कर्मचारीलाई आगामी नगर दिवसमा फागुन १ गते जनही नगद ७५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
उपमहानगरपालिकाको लक्ष्य र उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएकाले उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिनुभएको छ । गत सोमबार बसेको कार्यपालिकाको बैठकले उत्कृष्ट कर्मचारी छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत चौलागाईले शुक्रबार एक सूचनामार्फत जानकारी गराउनुभएको छ ।
उत्कृष्ट कर्मचारीमा अधिकृतस्तरका गंगाकुमारी चौलागाई, विना माया थिङ, बसन्त कुमार सिटौला र सीताराम रिमाल हुनुहुन्छ भने सिनियर अहेब रामानन्द चौधरी। डा. कमल प्रसाद अधिकारी, सिनियर अनमी निरीक्षक मञ्जु श्रेष्ठ, ग्रेडर अपरेटर बुद्धबहादुर थिङ र कार्यालय सहयोगी अरुणा उप्रेती रहनुभएको छ ।