भानुभक्त थपलिया

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको अध्यक्षमा भानुभक्त थपलिया चयन हुनुभएको छ । शनिबार भएको भर्चुअल मिटिङले वर्ष २०२०/२१ का लागि भानुभक्त थपलियालाई अध्यक्ष चयन गरेको हो । यस्तै क्लबको प्रथम उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा विवेक मानन्धर, कोषाध्यक्षमा सकुल श्रेष्ठ र सहसचिवमा सुरेश श्रेष्ठ चयन हुनुभएको छ । क्लबको सदस्यमा गंगा कुमारी चौलागाई, महेन्द्र चापागाई, मनोज सुवेदी र आनन्दराम पौडेललाई चयन गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मी, डिष्ट्रिक्ट एड्भाइजर विष्णुगोपाल मजर्हन, क्लबका संस्थापक अध्यक्ष विके महर्जन, पूर्वअध्यक्ष गणेश श्रेष्ठको समेत सहभागितामा भर्चुअल मिटिङ भएको हो । नवनिर्वाचित अध्यक्ष भानुभक्त थपलियाले क्लबका सदस्य तथा पदाधिकारीको साथ र सहयोग क्लबमार्फत समुदायमा सामाजिक कार्य गरिने बताउनुभएको छ । क्लबले सीमित तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने पनि नवनिर्वाचित अध्यक्ष थपलियाले जोड दिनुभएको छ ।