तस्बीरः गुगल ।

हेटौँडाः हेटौँडामा गोलभेंडाको मूल्य घट्दै गएको छ । पछिल्लो ३ दिनदेखि गोलभेंडाको मूल्य घट्दै गएको व्यवसायीको भनाइ छ ।
हेटौँडा–१, राप्तीबगरस्थित तरकारी थोक बजारमा शनिबार गोलभेंडा प्रतिकेजी ५० रुपैयाँदेखि ७० रुपैयाँसम्ममा बिक्री भएको छ ।

काउली प्रतिकेजी ७० रुपैयाँमा बिक्री हुँदा भिण्डी, भन्टा, बोडी र काँक्रो प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको व्यवसायी राजेन्द्र काकीले जानकारी दिनुभयो । तरकारी थोक बजारमा स्कुस प्रतिकेजी २५ रुपैयाँ र बन्दा प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भएको छ । यस्तै, मुला र तितेकरेला प्रतिकेजी ४० रुपैयाँ, लौका प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डा प्रतिकेजी ३५ रुपैयाँ र घ्युसिमी प्रतिकेजी ६० रुपैयाँमा बिक्री भएको कार्कीले जानकारी दिनुभयो । रायोको साग प्रतिमुठा ४० रुपैयाँ, फर्सीको मुन्टा प्रतिमुठा ५० रुपैयाँ र स्कुसको मुन्टा प्रतिमुठा ५० रुपैयाँमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

हेटौँडामा गोलभेंडा काठमाडौं र पालुङबाट आउने गरेको छ । काउली कुलेखानी र पालुङबाट, भिण्डी वीरगञ्ज र हाँडीखोलाबाट आउने गरेको व्यवसायी कार्कीले जानकारी दिनुभयो । यस्तै, भन्टा र लौका चितवनबाट र स्कुस पालुङबाट आउने गरेको छ । बन्दा र मुला पालुङबाट र तितेकरेला र बोडी हाँडीखोलाबाट ल्याइरहेको व्यवसायी कार्कीले बताउनुभयो ।