गुगल तस्बिर ।

हेटौँडाः २४ घण्टाको अवधिमा मकवानपुरमा ३ जनामा डेङ्गु पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार डेङ्गु पुुष्टि हुने तीनैजना हेटौँडा उपमहानगरपालिकाभित्रका बासिदा रहेका छन् ।

मकवानपुरमा साउनयता १ सय ७३ जनामा डेङ्गु देखिएको छ । जसमध्ये हेटौँडाका मात्र १ सय २२ जना रहेका छन् । हेटौँडा उपमहानगरपालिकाभित्र साउन महिनामा ५९ पुरुष र ६३ महिलामा डेङ्गु देखिएको स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो । यस्तै, हेटौँडा अस्पतालमा पछिलो २४ घण्टामा ५० जनाले डेङ्गु जाँच गराएका छन् । डेङ्गु जाँच गराएकामध्ये ९ जनामा डेङ्गु देखिएको छ । अस्पतालमा ७ महिला र २ पुरुषमा डेङ्गु पुष्टि भएको हेटौँडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले बताउनुभयो ।

डेङ्गुबाट जोगिन पूरै बाउला भएको लुगा लगाउने, लामखुट्टेबाट बच्ने तेल लगाउने, झुल हालेर सुत्नुपर्ने चिकित्सकको भनाइ छ । डेङ्गुको लक्षणहरु टाउको दुख्ने, जिउ दुख्ने, हाइब्रिड ज्वरो आउने र दागहरु देखिने रहेको छ । यदि कसैलाई डेङ्गु भयो भने प्रतिरक्षा बढाउने, आइसोलेसनमा बस्ने, औषधी खाने, प्लेन सिटामोल खाने र मुख्यगरी लामखुट्टेलाई आपूmबाट संक्रमण हुन नदिनु नै उत्तम हुने चिकित्सकले बताएका छन् ।