हेटौँडाः ईन्द्रसरोवर गाउँपालिका–३, चित्रघारीका ५३ वर्षीय विनोद कुमार बम्जनको भीरबाट लडेर मृत्यु भएको छ ।
सोमबार बिहान साढे ७ बजेको समयमा घर नजिकैको जंगलमा घाँस काट्न गएका बम्जन भीरबाट लडेर घाइते भएका थिए । बम्जनको उपचारका लागि फर्पिङस्थित मनमोहन हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।