हेटौंडाः हेटौंडामा गोलभेडाको थोक मूल्य प्रतिकेजी १ सय १३ रुपैयाँमा झरेको छ । गोलभेडाको उपभोक्ता मूल्य भने १ सय ३० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म भइरहेको हेटौंडा–१ राप्तीबगरस्थित तरकारी व्यवसायी दिवाकर चौलागाईंले जानकारी दिनुभएको हो । केही दिन अगाडि गोलभेडा प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री भइरहेको थियो ।
गोलभेडा काठमाडौंबाट ल्याएर देशको विभिन्न ठाउँमा पठाउने गरेको छ । गोलभेडा अहिले धेरै भएसँगै मूल्य घटेको चौलागाईंले बताउनुभयो । यसैगरी लोकल काँक्रो प्रतिकेजी ५० रुपैयाँ, हाइव्रिड काँक्रो प्रतिकेजी ३० रुपैयाँ, मुला प्रतिकेजी ५० रुपैयाँ, लौका प्रतिकेजी ४० रुपैयाँ, भिन्डी प्रतिकेजी ५० रुपैयाँ, घिरौँला प्रतिकेजी ३० रुपैयाँमा विक्री भइरहेको छ । यस्तै घिउ सिमी प्रतिकेजी ६० रुपैयाँ, लोकल बोडी प्रतिकेजी ६५ रुपैयाँ, करेला प्रतिकेजी ६० रुपैयाँ, काउली प्रतिकेजी एक सय रुपैयाँ, बन्दा प्रतिकेजी २५ रुपैयाँ र फर्सी प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको छ ।