मन्त्री रामकृष्ण चित्रकार ।

हेटौँडाः बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रालय तोकिएको छ । आइतबार मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौंमा केन्द्रीयस्तरको नेताको छलफलबाट मन्त्री चित्रकारको मन्त्रालयको टुङ्गो लागेको हो । गत जेठ ७ गते मन्त्रीमा नियुक्त हुनुभएका चित्रकार बिना विभागीय रहनुभएको थियो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चित्रकारलाई विभाग तोक्ने विषयमा छलफल चलेको र आज आइतबार मन्त्रालयको टुङ्गो लागेको मन्त्री चित्रकारको सचिवालयले जनाएको छ । मन्त्री चित्रकारलाई पर्यटन मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयबाट मन्त्रालय अलग्याएर मन्त्रालयको जिम्मा दिएको हो ।

यता, मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालयको संख्या नबढाउने बताउनुभएको थियो । गत पुस २६ गते मुख्यमन्त्री भए पश्चात उहाँले पहिलो निर्णयको रुपमा ३ मन्त्रालय घटाएर ११ मन्त्रालय बनाइएको थियो । आज मन्त्रालय बढाउँदै १२ वटा मन्त्रालय बानाएको हो । बागमती प्रदेशमा मन्त्रालय बढेसँगै काँग्रेसले ६ मन्त्रालय पाएको छ । कांग्रेसले वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ ।

माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय गरी ४ मन्त्रालयमा नेतृत्वमा छ गरेको छ । यस्तै एकीकृत समाजवादीले कृषि तथा पशुपन्छी विकास र श्रम रोजगार तथा यातायात गरी दुईवटा मन्त्रालय पाएको छ ।