महासचिव कृष्ण सारु मगरले जारी गर्नुभएको प्रेस विज्ञप्ति ।

हेटौँडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आगामी भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलनको आयोजना गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको महासंघ प्रदेश समितिको बैठकले प्रदेश अध्यक्ष शिव देवकोटाको गृहजिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हीत र प्रवद्र्धन, सञ्चारकर्मीहरुको वर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका विषयमा बृहत्त छलफल गर्ने महासचिव कृष्ण सारु मगरले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले ‘सदस्यता शुद्धीकरण मापदण्ड २०७९’ अनुसार महासंघको सदस्यता शुद्धीकरणका लागि जिल्ला शाखाको कार्यप्रति धन्यवाद व्यक्त गरेको छ ।

महासंघको प्रदेश समितिले जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नवीकरणको नामावली सार्वजनिक गरेपछि प्राप्त गुनासो÷उजुरीमा मागदावी लाग्ने हो वा होइन आधार र कारणसहित खुलाएर प्रमाणसहितको यथार्थ विवरण साउन मसान्तभित्र माग गर्ने निर्णय गरेको छ । प्रदेश समितिमा प्राप्त उजुरी/गुनासो बारे यथार्थ विवरण बुझी साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न जिल्लागत कार्यदल गठन गरिएको छ ।

प्रदेश समितिका पदाधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मंगलबारको बैठकले महासंघ बागमती प्रदेश समितिको पदाधिकारी बैठक आउँदो भदौ १ गते हेटौँडामा गर्ने निर्णय गरेको छ । यस्तै पत्रकार सम्बद्ध बागमती प्रदेशस्तरीय संघ/संगठनका नेतृत्वसँगको बैठक भदौ २ गते हेटौँडामा गर्ने निर्णय गरेको प्रदेश समितिले भदौ ९ गते कार्यसमितिको पूर्ण बैठक धादिङ जिल्लामा गर्ने निर्णय गरेको छ ।