हेटौंडाः जीउमा मालिस गर्ने तेल सेवन गर्दा मकवानपुरको थाहा नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा–५, सानोगाभाका ८२ वर्षीय राजकुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विभिन्न जटिबुटीहरु बनाउँदै आएका पाख्रिनले शनिबार बिहान आफ्नै घरमा तेल सेवन गरेका थिए । तेल सेवनबाट बिरामी भएका पाख्रिनलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । थप उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएकोमा आइतबार बिहान ११ बजेर ५ मिनेटको समयमा डाक्टरले पाख्रिनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाख्रिनले पानी सम्झेर तेल सेवन गरेको हुने सक्ने अनुमान गरिएको छ ।