आश्रममा आश्रित जेष्ठ नागरिकहरु ।

हेटौँडाः हेटौँडा–४ स्थित जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं स्थापन दिवसको अवसरमा हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा सहयोग गरिएको छ ।

दिव्यसेवा निकेतनमा आश्रित २८ जना ज्येष्ठ नागरिकलाई कपडा तथा फलफुल वितरण गरिएको सहकारीका व्यवस्थापन राजकुमार चौलागाईले जानकारी दिनुभएको छ । दिव्यसेवा निकेतनका अध्यक्ष यादवप्रसाद गजुरेलको सभाध्यक्षता तथा जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बसन्तराज गौतमको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा संचालक समितिका सदस्यहरु, लेखा समिति अन्य उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।