हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२८ कोटेनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुने २६ वर्षीय आश बहादुर बोटे रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बोटे सोमबार दिउँसो ३ बजेर २० मिनेटको समयमा माछा मार्न गएको बेला चितवन राष्ट्रिय निकुञ्जभित्र बाघको आक्रमणमा परेका थिए । बाघको आक्रमणमा परेका बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।