मानवसेवा आश्रममा भोजन सेवा प्रदान गर्नु हुँदै सचिव रामकृष्ण पुडासैनी ।

हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले मानवसेवा आश्रममा भोजन सेवा प्रदान गर्नुभएको छ । हेटौंडा–९, मयूरधापमा रहेको मानवसेवा आश्रम भ्रमण गर्ने क्रममा उहाँले बिहानको भोजन सेवा उपलब्ध गराउनुभएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

आश्रममा आश्रित २ सय जनालाई भोजन गराउन सचिव पुडासैनीले आवश्यक सहयोग गर्नुभएको हो । आश्रमको महाअभियान हामी सबैको हो भन्दै बिहानको भोजन सेवा प्रदान गरेको पौडेलले बताउनुभयो । सो अवसरमा सचिव पुडासैनीले आश्रमलाई सबैले सहयोग गर्नुपर्ने भन्दै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।