तस्बिरः गुगल ।

हेटौँडाः चितवन जिल्लाको कालिका नगरपालिका–९ सिन्ती झरनामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–७, लाहुरेचोकका ३३ वर्षीय नारायण पौडेल रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पौडेल मंगलबार दुइ जना साथीहरुसँग पौडी खेल्न गएका थिए । पौडेल माथि झरनामा पौडी खेलिरहेका थिए । पौडेल माथिबाट तल नआएपछि साथीहरुले खोजतलास गर्दा पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पौडेलको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएको प्रहरीले जनाएको छ ।