हेटौंडाः मकवानपुर प्रहरीले हेटौँडा–१५, स्थित रातोमाटे चेकपोष्टबाट १ सय ५० ग्राम सुन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला जितपुरसिमरा–७, बस्ने ३३ वर्षीय सन्तोष सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बिहिबार बिहान ४ बजेको समयमा काठमाण्डौबाट बिरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८०३ नम्बरकोे यात्रु बहाक बसलाई रोकी सुरक्षा जाँच गर्दा बसमा सवार सुनारको साथबाट ३ वटा ब्रासलेट र सानो सानो टुक्रा डेढ लाल सुन फेला पारेको प्रहरीले जनाएको छ । सुनसहित सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।