हेटौँडाः मकवानपुर प्रहरीले १ सय ४४ किलो लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ४ बजेृको समयमा हेटौँडा–१५ स्थित प्रहरीको रातोमाटे चेकपोष्टमा चितवनबाट बीरगंजतर्फ जाँदै गरेको भारतीय नम्बरको ट्रकलाई शंका लागि सुरक्षा जाँच गर्दा ट्रकबाट लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
१४ वटा पोकामा १४४ किलो लागुऔषध गाँजा फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ट्रक चालक भारतको मोतिहारी गोबिन्द, बारा बस्ने ६५ वर्षीय लाल बहादुर सहनी, पर्सा जिल्ला बीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोष गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ को रमेश यादव रहेको प्रहरीले जानकारी दिएको छ । लागुऔषध गाँजासहित मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ।