हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ का १९ वर्षीय सागर घिमिरेको रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आइतबार साँझ ७ बजेर ३० मिनेटको समयमा हेटौंडा–१५ स्थित रातोमाटेमा प्रहरी टोलीले वीरगञ्जबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०३–००१ ग ३१५ नम्बरको माइक्रोलाई सुरक्षाजाँच गर्दा माइक्रोमा सवार घिमिरेको साथबाट लागुऔषध लुप्रिन–१०, डाईजोपाम–१०, सुनारगन–१० नामक ३० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित घिमिरेलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











