हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीय बिमल प्रधान रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रधान बिहीबार बेलुका ७ बजेर ३० मिनेटको समयमा रामपुरस्थित राष्ट्रिय मकैबारी अनुसन्धान केन्द्रको ढोका बनाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते प्रधानलाई उपचारको लागि जिल्ला अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा ७ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।