गुगल तस्विर ।

हेटाँैडाः चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–४, कुरिनटार त्रिशुली नदीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार दिउँसो १ बजेर २५ मिनेटको समयमा त्रिशुली नदीमा सनाखत नभएको अन्दाजी ४० वर्षीय पुरुषको शव सडीगली सकेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सिन्धुली जिल्लाको हरिहरपुरगढि गाउँपालिका–३, वनठाकुर जंगलमा मानव कंकाल फेला परेको छ । मंगलबार बिहान ७ बजेको समयमा वनठाकुर जंगलमा कंकाल जलेको अवस्थामा कंकाल फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । कंकालको नजिक चुरा, पुरानो थैली, थोरै सेतो कपाल र सानो रातो कपडाको टुक्रा जलेका अवस्थामा रहेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात डिएनए परीक्षणका लागि दाँत र केहि हड्डी लिई प्राथमिक चौकी महेन्द्रझाडी लगिएको छ ।