हेटौँडाः चितवन, रामेछाप र दोलखा जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–९, केन्द्रीय बसपार्क काउण्टर नजिक एक पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मृतक भारतको मोतिहारीका ५५ बर्षीय अरुण प्रसाद रहेको प्रहरीले जनाएको छ ।
यस्तै रामेछपको सुनकोशी गाउँपालिका–७, पाङग्रेटारमा एक पुरुषको शव फेला परेको छ । सुनकोशी खोलाको बिच भागमा नामथर नखुलेको ३५ बर्षीय पुरुषको शव ढुङगामा अड्किएर घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानएको छ । यता दोलखाको जिरी नगरपालिका–७, खावामा बाटोमा हिँड्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मत्यु हुने ६५ बर्षीया चिडोमा शेर्पा रहेको प्रहरीले जनाएको छ । शेर्पा आफ्नै घरदेखि १० मिटर पूर्वतर्फ गोरेटो बाटोबाट ४ मिटर तल कान्लामा लडी बेहोस अवस्थामा उनको बुहारीले फेला पारेकी थिइन् । शेर्पालाई उपचारका लागि बैतेश्वर अस्पताल मैनापोखरीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।