हेटौँडाः मंगलबार रातीको हावाहुरीले हेटौँडा–१७ हटिया र हेटौँडा–१८ हर्नामाडीमा क्षति पुर्याएको छ । घरको जस्तापाता उडाएको छ भने विद्युतका पोलहरु पनि ढलाएको छ । राती करिब साढे १२ बजेको समयमा आएको हुरीको एक झोक्काले घरको जस्ता र विजुलीका पोलमा क्षति पु¥याएको स्थानीय आलोक श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौँडा–१७, नेपालचौरमा निर्माणाधिक भलिबलको कोर्टमा क्षति पु¥याएको छ । हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माविको भवनको छानो उडाएको छ । मकैबालीमा पनि क्षति पुर्याएको स्थानीयले जनाएको छ ।