हेटौंडाः बागमती प्रदेशमा १५ प्रतिशतले सवारी दुर्घटना बढेको छ । गत आर्थिक वर्ष (आव)को साउनदेखि जेठसम्म १ हजार ३८ सवारी दुर्घटना भएकोमा चालु आवको जेठसम्म १ हजार १ सय ९४ सवारी साधन दुर्घटनामा परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकारसँग गरेको अन्तरक्रियाको क्रममा चालु वर्षको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले चालु आर्थिक वर्षको जेठसम्मको प्रगति विवरणको जानकारी गराउनुभएको थियो ।
सवारी दुर्घटना बढे पनि मृत्युदर भने घटेको छ । दुर्घटनामा गतवर्ष ३ सय ७० जनाको मृत्यु भएको थियो भने चालु आवमा २ सय ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा गतवर्ष ३ हजार ५ सय ८१ जना घइते भएकोमा चालु आवमा २ हजार ५ सय १८ जना घाइते भएका छन् ।
सवारी दुर्घटना बढेता पनि मानिसको मृत्युदर र घाइतेको संख्या घटेको छ । दुर्घटनामा मृत्यु हुने र घाइतेको संख्या घट्नुमा ठूला सवारी कम दुर्घटनामा परेको र साना दुईपाङ्ग्रे सवारी धेरै दुर्घटनामा परेको देखिन्छ ।
तस्करी नियन्त्रणतर्फ प्रहरीले निकै उपलब्धी हासिल गरेको देखिन्छ । गत आवको साउनदेखि जेठ २२ गतेसम्ममा ६० जना तस्कर पक्राउ गरी ६ करोड ५६ लाग ९८ हजार १५८ रुपैयाँ असुली गरेकोमा चालु आवको साउनदेखि जेठ २२ गतेसम्ममा ५७ जना पक्राउ गरी १२ करोड २ लाख २ हजार ८५९ रुपैयाँ असुल गरेको छ । गतवर्षको तुलनामा तस्करी नियन्त्रणतर्फ प्रहरीले ८३ प्रतिशतले वृद्धि गरेको छ ।
ट्राफिक कारवाही र जरिवाना असुलीमा गत आवको साउनदेखि जेठ २२ गतेसम्ममा २ लाख २४ हजार ३०२ सवारी कारवाही गरी २१ करोड ६३ लाख ७१ हजार ५ सय जरिवाना असुल गरेकोमा चालु आवको साउनदेखि जेठ २२ गतेसम्म २ लाख ४९ हजार ६५४ सवारीलाई कारवाही गरी २२ करोड ५१ लाख २२ हजार ५ सय जरिवाना असुल गरेको छ । जरिवाना असुलीमा ४ प्रतिशत वृद्धि भएको छ ।
प्रहरीले गत आवमा लागूऔषध गा“जा ३ हजार ६ सय ८८ केजी, चरेश १९९ केजी, अफिम २६ केजी, खैरो हिरोइन १३७ ग्राम, औषधिजन्य १ लाख ६० हजार ३८८ एम्पुल र ट्याब्लेट तथा १ हजार २२१ बोतल नियन्त्रणमा लिई ४ सय ७८ जना मानिस पक्राउ गरेकोमा चालु आवमा गा“जा ७ हजार ७५ केजी, चरेश १५९ केजी, अफिम १३ केजी, खैरो हिरोइन २५५ ग्राम, औषधिजन्य ३० हजार ४१० एम्पुल र ट्याब्लेट तथा १ हजार १६५ बोतल बरामद गरी ४ सय ९१ जना मानिस पक्राउ परेका छन् ।
प्रहरीले गत आवमा ३२ नाल हातहतियार बरामद गरी २२ जनालाई पक्राउ गरी १९ मुद्धा दर्ता भएकोमा चालु आवमा ३८ नाल हतियार बरामद गरी २२ जना मानिस पक्राउ गरी २० वटा मुद्धा दर्ता भएको छ । यस्तै नदीजन्य दोहन नियन्त्रणमा प्रहरीले चालु आवमा ३८४ सवारीबाट ५६ लाख ७९ हजार ६७२ जरिवाना रकम असुल गरेको छ । यस्तै, चालु आवमा गा“जा २११ विगाहा, अफिम २३२ विगाहा फडानी गरेको छ । अवैध घरेलु तयार पार्ने भट्टी २ हजार १३९, तयारी मदिरा ६१ हजार ३१७ लिटर, कच्चा ३३ हजार ९६१ लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले १ हजार ४६७ मानिस हराएको निवेदन परेकोमा १ हजार २६५ जना फेला परेकोमा २०२ जना फेला परेका छैनन् ।
चालु आवमा अपराधसम्बन्धी मुद्धामा चार हजार ५४ वटा मुद्धा दर्ता भएका छन् । जसमा कर्तव्य ज्यानमा ३६, सवारी ज्यानमा २०८, ज्यान मार्ने उद्योगमा ६३, लागूऔषधमा ३२२, जबरजस्ती करणीमा २२४, जबरजस्ती करणी उद्योगमा ५९, आत्महत्यामा ७९४, ठगी ५७, चोरी २५९, बहुविवाह ६५, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९३४ मुद्धा दर्ता भएको छ ।