हेटौंडाः हेटौंडा–१९, बुद्धचोक बस्ने कुमार स्याङ्तान मृत फेला परेका छन् । बुधबार करिब ४ बजेको समयमा स्याङ्तान आफ्नै घरदेखि करिब ८ सयम मिटर पूर्व जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जलेश्वर सामुदायिक वनमा सालको रुख काट्ने क्रममा करिब २० मिटर तल खोल्सामा खसेर स्याङ्तान मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक भीमप्रसाद दुलालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ ।
घटनाको थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा थप प्रहरी खटिएको प्रहरीले जानकारी दिएको छ ।