हेटौँडाः रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३, लिङलिङमा फलामले लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला थाक्रे गाउँपालिका–५ का ५५ वर्षीय क्रेन चालक हरी तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार बेलुका ११ बजेको समयमा पासाङ–ल्हामु सडक अन्तर्गत टिमुरे–स्याफ्रु सडकखण्डमा क्रेनको सामान (फलाम) लोड भएको ना ४ ख २००४ नम्बरको टेलरबाट उक्त सामान खस्न लागेकोले टेलरबाट ओर्लिई चेन पुल्ली मिलाउन खोज्दा अचानक चेनपुल्ली फुस्किएर लाग्दा तामाङको घटनास्थलमा मृत्यु प्रहरीले जानकारी दिएको छ ।











